"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-२१
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर
:- बिर बहादुर घिसिङ
उमेर :- ५५ वर्ष
स्थायी वतन
:- जिल्ला महोत्तरी गौशाला न.पा. वडा नं.
१२ कान्तिबजार ।
हाल :-जिल्ला ललितपुर लपु.म.न.पा. वडा नं. ०५ ।
देश :- नर्वे र डेनमार्क
बिगो रकम :- रु.५,१०,०००।-(पाँच लाख दश हजार)
पक्राउ मिति :- २०८२/०२/२० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ टेकू ।
पीडित संख्या:- २ जना
२. नाम थर
:- दिनेश खड्का
उमेर :- ३९ वर्ष
स्थायी वतन :- जिल्ला महोत्तरी बर्दिवास न.पा. वडा नं. ०६ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ कोटेश्वर ।
देश :- पोर्चुगल
बिगो रकम :- रु.१०,००,०००।-(दश लाख)
पक्राउ मिति :- २०८२/०२/२० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२
कोटेश्वर ।
पीडित संख्या:- १ जना