प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“गृह मन्त्रालयको कर्मचारी हुँ भनी धम्काउने व्यक्ति पक्राउ”

२०८२-०२-२२

  • A
  • A-
  • A+
Share

आफु गृह मन्त्रालयको कर्मचारी हुँ भनि झुठा परिचय दिई विभिन्न प्रहरी कार्यालयमा फोन गरी धम्की दिने  गरेको भन्ने तालुक गृह मन्त्रालयको पत्रादेशानुसार निम्न ठेगाना भएको व्यक्तिलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ, का.म.न.पा.वडा नं.०१ नक्सालबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाईएको ।

पक्राउ व्यक्तिको विवरण:-


     १)    नाम : भक्त बहादुर रायमाझी

 उमेर : ५७ वर्ष

 ठेगाना : जिल्ला पाल्पा, नैनादेवि गा.पा वडा नं.०७

 हालः जिल्ला काठमाण्डौ, का.म.न.पा.वडा नं.०१ नक्साल

सम्बन्धित समाचार
“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-२३

वादी नेपाल सरकार प्रतिवादी ध्रुव प्रसाद भेटवाल भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालत, धुलिखेलबाट मिति २०८२।०२।०७ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि  जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: ध्रुव प्रसाद भेटवाल    उमेर:  ५६ बर्ष    ठेगाना: जि. झापा मेचीनगर न.पा. वडा नं. १५ घर भई  हाल का.जि.का.म.पा. वडा नं. १० मध्य बानेश्वर  बस्ने    पक्राउ मिति: २०८२।०२।२३ गते    पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. १० मध्य बानेश्वर 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-२२

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :- प्रमिला बरुवालउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. ०३  ।हाल            :-जिल्ला काठमाण्डौं दक्षिणकाली न.पा. वडा नं. ०१ ।देश            :- U.Kबिगो रकम   :- रु.३२,३५,०००।-(बत्तिस लाख पैँतिस हजार)पक्राउ मिति  :- २०८२/०२/२१ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं. ०३ हलचोक । पीडित संख्या:- ७ जना  २. नाम थर     :- मोहन पोख्रेल उमेर           :- ३४ वर्ष स्थायी वतन :- जिल्ला पाल्पा माथागडी गा.पा. वडा नं. ०४ । हाल            :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ गोंगबु । देश            :-  पोल्याण्ड बिगो रकम   :-  रु.१०,००,०००।-(दश लाख) पक्राउ मिति  :- २०८२/०२/२१ गते । पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ गोंगबु । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-२१

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:- १. नाम थर      :- बिर बहादुर घिसिङउमेर           :- ५५ वर्षस्थायी वतन :- जिल्ला महोत्तरी गौशाला न.पा. वडा नं. १२ कान्तिबजार ।हाल            :-जिल्ला ललितपुर लपु.म.न.पा. वडा नं. ०५ ।देश            :- नर्वे र डेनमार्कबिगो रकम   :- रु.५,१०,०००।-(पाँच लाख दश हजार)पक्राउ मिति  :- २०८२/०२/२० गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ टेकू । पीडित संख्या:- २ जना२. नाम थर     :- दिनेश खड्का उमेर           :- ३९ वर्षस्थायी वतन :- जिल्ला महोत्तरी बर्दिवास न.पा. वडा नं. ०६ । हाल            :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ कोटेश्वर ।देश            :-  पोर्चुगलबिगो रकम   :-  रु.१०,००,०००।-(दश लाख)पक्राउ मिति  :- २०८२/०२/२० गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ कोटेश्वर । पीडित संख्या:- १ जना

“८१ करोड ४७ लाख रकम बराबरको अनलाइन (जुवा) सट्टाबाजी गर्ने/गराउने समूहका १७ जना पक्राउ”
२०८२-०२-२०

  विभिन्न देशका नागरिकहरुलाई WhatsApp/Telegram मार्फत सम्पर्कमा ल्याई 711Bat.club र Unicon 365 नामक अनलाईन Betting Site को प्रयोग गरी हारजित हुने तवरले व्यवसायिक रूपमा अनलाईन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य भईरहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं.२६ जैनखेल भ्युटावर स्थित घर र जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. १० नख्खु स्थित Sunrise Apparment को फ्ल्याट भाडामा लिई व्यवसायिक तवरले अनलाईन जुवा खेल्ने / खेलाउने कार्यमा संलग्न ५ जना भारतीय नागरिक र १२ जना नेपाली नागरिकहरुलाई मिति २०८२।०२।१९ गते निम्न बमोजिमको दशी सहित पक्राउ गरी बरामदी ल्यापटप तथा मोबाईलहरुको प्रारम्भिक अनुसन्धान गर्दा रु. ८१,४७,५७,४४६.४०।- (अक्षरुपी एकासी करोड सच्चालीस लाख सन्ताउन्न हजार चार सय छयालिस रूपैया चालिस पैसा) बराबरको अनलाईन जुवा कारोबार गरेको देखिन आएको हुँदा निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, जावालाखेल ललितपुर पठाईएको ।बरामद सामानहरुको विवरण:-१.      विभिन्न कम्पनीको ल्यापटप थान-१४२.      विभिन्न कम्पनीको सिमकार्ड भएका/नभएका मोवाईलहरु थान-६०३.      विभिन्न बैंकको चेकबुक र वचत पासबुक थान-९४.      विभिन्न व्यक्तिहरुको नामको Visa कार्डहरू थान-१५५.      विभिन्न व्यक्तिहरुको नामको नेपाली राहदानी थान-४ र भारतिय राहदानी थान-४ 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-२०

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :- प्रविन कुमार शाहउमेर           :- ४६ वर्षस्थायी वतन :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २८ ।देश            :- अल्बानियाबिगो रकम   :- रु.८,१८,०००।-(आठ लाख अठार हजार)पक्राउ मिति  :- २०८२/०२/१९ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२३ वसन्तपुर । पीडित संख्या:- १ जना२. नाम थर     :- प्रतिज्ञा बुढामगरउमेर           :- ३२ वर्षस्थायी वतन :- जिल्ला रोल्पा त्रिवेणी न.पा. वडा नं. ०४ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ११।देश            :-  दक्षिण कोरियाबिगो रकम   :-  रु.५,००,०००।-(पाँच लाख)पक्राउ मिति  :- २०८२/०२/१९ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ टेकू । पीडित संख्या:- १ जना  

" डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१९

जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट न.पा. वडा नं. ३ ढोडेनी स्थित विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ, हामी मिलाई दिन्छौ भनि प्रलोभन देखाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली नगद रु.३०,००,०००।– (तिस लाख) ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिलाई जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३ घर भएका तारा बहादुर तामाङलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं.३ दुवाकोट बाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) पठाईएको ।पक्राउ व्यक्तिको विवरण:१.   नामथर : तारा बहादुर तामाङ  उमेर    : ३९ वर्ष  ठेगाना : जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३   हाल    : जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं.३ दुवाकोटबरामद सामाग्री:१.   विभिन्न कम्पनीको मोबाईल थान -४२.  तारा बहादुर तामाङको नाममा जारी भएको नेपाली नागरिकता प्रमाणपत्र थान-१ ३.  गौतम डुम्जनको नाममा जारी भएको नेपाली नागरिकता प्रमाणपत्र थान-१