“ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादीहरु पक्राउ” ;;फराप्रतिवादी पक्राउ”
२०८२-०२-२५
- A
- A-
- A+
आनन्द सिंहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपेन्द्र सिंह समेत भएको ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा सम्मानित जाजरकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई जिल्ला प्रहरी कार्यालय जाजरकोटको मिति २०८२।०२।२२ गतेको फरार प्रतिवादी पक्राउ गरी दाखिला गराई दिनुहुन भन्ने व्यहोराको पत्रानुसार यस कार्यालयबाट खटिएको प्रहरी टोलीले वारदात पश्चात उक्त घटनामा संलग्न रहि फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०२।२३ गते जिल्ला काठमाण्डौ, कीर्तिपुर न.पा.वडा नं. १ ट्याङलाफाँटबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोट पठाईएको ।
१) नाम : दिपेन्द्र सिंह
उमेर : २७ वर्ष
ठेगाना : जिल्ला जाजरकोट, कुशे गा.पा.वडा नं. ७
हाल: जिल्ला काठमाण्डौ, कीर्तिपुर न.पा.वडा नं. १
२. नाम : तप्त सिंह
उमेर : २७ बर्ष
ठेगाना : जिल्ला जाजरकोट, कुशे गा.पा.वडा नं. ७
हाल : जिल्ला काठमाण्डौ, कीर्तिपुर न.पा.वडा नं. १