“ठगी/ आत्महत्या दुरुत्साहन मुद्दाको फरार प्रतिवादीहरु पक्राउ”
२०८२-०२-२५
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी बाल कृष्ण पोख्रेल समेत भएको ठगी/ आत्महत्या गर्न दुरुत्साहन समेत मुद्दा( 075-C1-2489) मा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलको मिति २०८०।०८।१७ गतेको फैसलाले निम्नानुसारको सजाय तोकिएका प्रतिवादीहरु मध्येका नुमाकान्त पाठक र सरिता पाठकलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति र स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।
पक्राउ प्रतिवादीहरुको विवरण:-
१)
नामथर: नुमाकान्त पाठक
उमेर: ४८ बर्ष
ठेगाना: जि. स्याङ्जा गल्याङ न.पा. वडा नं. ७ पेलाकोट घर
भई हाल का.जि.का.म.न.पा. वडा नं. २६
मित्रनगर बस्ने
सजाय: रु.२,८०,०००/-(दुइ लाख असी
हजार) बिगो, रु. ३,०००/-(तीन हजार) जरीवाना र ३ महिना कैद
पक्राउ मिति: २०८२।०२।२४ गते
पक्राउ स्थान: का.जि.का.म.न.पा. वडा नं. २६
मित्रनगर
२) नामथर: सरिता पाठक
उमेर: ३८ बर्ष
ठेगाना: जि. स्याङ्जा गल्याङ न.पा. वडा नं. ७ पेलाकोट घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २६ मित्रनगर बस्ने
सजाय: रु.६०,०००/-(साठी हजार)
बिगो, रु. १,०००/-(एक हजार) जरीवाना र १
महिना कैद
पक्राउ मिति: २०८२।०२।२४ गते
पक्राउ स्थान: का.जि.का.म.न.पा. वडा नं.
२६ मित्रनगर