"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-२५
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर
:- हरि कृष्ण ठाकुर
उमेर :- ३५
वर्ष
स्थायी वतन
:-
जिल्ला रौतहट परोहा न.पा. वडा नं. ०८ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.२२ ।
देश :- कतार
बिगो रकम :- रु.१,००,०००।-(एक लाख)
पक्राउ मिति :- २०८२/०२/२३ गते ।
२. नाम थर
:- रिना गुरौ
उमेर :- ४१
वर्ष
स्थायी वतन :- जिल्ला नवलपरासी कावासोती
न.पा. वडा नं.०१ ।
हाल :-
जिल्ला ललितपुर ललितपुर.म.न.पा. वडा नं.०५ ।
देश :- पोर्चुगल र कुवेत
बिगो रकम :- रु.१८,५५,०००।-(अठार
लाख पचपन्न हजार)
पक्राउ मिति :- २०८२/०२/२३ गते ।
पक्राउ स्थान :- जिल्ला ललितपुर ललितपुर म.न.पा.
वडा नं.०५ ।
पीडित संख्या:- ३ जना
३. नाम थर
:- कविराज सिपखान
उमेर :- ५५ वर्ष
स्थायी वतन
:- जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल न.पा. वडा नं.०३
।
हाल :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा.
वडा नं.१५ ।
देश :- यु.के.
बिगो रकम :- रु.४१,१४,०००।-(एकचालिस लाख चौध हजार)
पक्राउ मिति :- २०८२/०२/२३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.२८ ।
पीडित संख्या:- १ जना