" वैदेशिक रोजगारको लागि UK पठाई दिन्छु भनि रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-२६
- A
- A-
- A+
महेश लिम्बुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लक्ष्मण पराजुली समेत भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौबाट मानिस पक्राउ गरी उपस्थित गराई दिने भन्ने व्यहोराको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा पत्रमा उल्लेखित व्यक्तिहरु मध्येका लक्ष्मण पराजुली र अरुण राज शर्मालाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०२।२५ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ नरेफाँटबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८२।०२।२६ गते वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
1. नाम थर :-
लक्ष्मण पराजुली
उमेर :- ४४ वर्ष
स्थायी वतन : - जिल्ला मोरङ
रतुवामाई न.पा. वडा नं. १०
हाल :- का.जि.का.म.न.पा. वडा नं. ६ सरस्वती नगर
उमेर :- ४७
वर्ष
स्थायी वतन :-
जिल्ला धनुषा सबेला न.पा. वडा नं.१२
अनुसन्धानबाट
खुल्न आएका कुराहरु:
Ø हाल
सम्ममा ३८ जना पीडितहरुबाट UK पठाई दिन्छु भनि रु.११,०६,९७,०००।–
( एघार करोड छ लाख सन्तानब्बे हजार) रकम ठगी गरेको ।