“बैंकिङ कसुर मद्दामा फरार रहेको व्यक्ति पक्राउ”
२०८२-०२-२६
- A
- A-
- A+
बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८।०७।१४ गतेको फैसलाले रु २०,००,०००।–(अक्षेरुपी बीस लाख मात्र) जरिवाना, ७ दिन कैद र रु ८०,०००।–(अक्षेरुपी असी हजार मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला कन्चनपुर भिमदत्त न.पा. वडा नं.१ स्थायी घर भएको वर्ष ३९ को राम बहादुर बिष्टलाई यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।२५ गते अं.१६:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.२८ पुतलीसडकबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज मिति २०८२।०२।२६ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएकोमा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट कारागार कार्यालय डिल्लीबजार चलान गरी पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नामथर : राम बहादुर बिष्ट
उमेर : ३९ बर्ष
ठेगाना : जिल्ला कन्चनपुर भिमदत्त न.पा. वडा नं.१ ।