"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-२७
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१.नाम थर :- लक्ष्मण चापागाई
उमेर :- ६० वर्ष
स्थायी वतन
:- जिल्ला स्याङजा अर्जुन चौपारी गा.पा.
वडा नं.०४ ।
हाल :- जिल्ला
ललितपुर लपु.म.न.पा. वडा नं.१४ ।
देश :- यु.के.
बिगो रकम :- रु.५,१४,०००।-(पाँच लाख चौध हजार)
पक्राउ मिति :- २०८२/०२/२७ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ टेकु ।
पीडित संख्या:- १ जना
२. नाम थर :- अशोक मण्डल
उमेर :- ३९ वर्ष
स्थायी वतन
:- जिल्ला सप्तरी तिलाठी कोईनारी गा.पा.
वडा नं.०४ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.०९ तिलगंगा ।
देश :- मलेसिया
बिगो रकम :- रु.६,००,०००।-(छ लाख)
पक्राउ मिति :- २०८२/०२/२७ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ गौशला ।
पीडित संख्या:- ६ जना
३. नाम थर :- बाल सुन्दर भारती
उमेर :- २० वर्ष
स्थायी वतन:- जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा. वडा नं.०७ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ कोटेश्वर ।
देश :- पोर्चुगल
बिगो रकम :- रु.३,००,०००।-(तीन लाख)
पक्राउ मिति :- २०८२/०२/२६ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२२ न्युरोड ।
पीडित संख्या:- १ जना
४. नाम थर :- चण्डिका उप्रेती
उमेर :- २७ वर्ष
स्थायी वतन :- जिल्ला सिन्धुपाल्चोक लिसंखु पाखर गा.पा. वडा नं.०३ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ गौशला ।
देश :- न्युजिल्याण्ड
बिगो रकम :- रु.५०,०००।–(पचास हजार)
पक्राउ मिति :- २०८२/०२/२६ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ गौशला ।
पीडित संख्या:- १ जना