“डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०२-२७
- A
- A-
- A+
काठमाण्डौ
उपत्यकाको गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाँउमा नक्कली डलर देखाएर ठगी
गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले उक्त
कार्यमा संलग्न जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे न.पा. वडा नं.०३ धार्पा
घर भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा
नं.०५ जोरपाटी बस्ने
वर्ष २८ को धन बहादुर तामाङलाई मिति
२०८२।०२।२६ गते जिल्ला
काठमाण्डौ बुढानिलकण्ठ न.पा.
वडा नं.११
कपनबाट
पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाईएको ।
साथै, पक्राउ प्रतिवादी धन बहादुर
तामाङले डलर देखाई ठगी गरेको कसुरमा अन्य प्रहरी कार्यालयहरुबाट समेत ४ वटा मुद्धामा पक्राउ परेको अभिलेखबाट देखिन आएको ।
पक्राउ व्यक्तिको
विवरण:-
१) नाम : धन बहादुर तामाङ
उमेर : २९ वर्ष
ठेगाना : जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे न.पा. वडा नं.०३
हाल: जिल्ला काठमाण्डौ, का.म.
न.पा.वडा नं.०५ जोरपाटी