प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

" नक्कली PCR रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ "

२०७८-१०-१९

  • A
  • A-
  • A+
Share

घटना विवरण :-

भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. बाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने PCR रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई  नक्कली PCR रिपोर्ट बनाईदिने गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७८।१०।१८ गते बिहान अ. १०.३० बजेको समयमा नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली PCR परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरि  जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइएको तथा काठमाण्डौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारी उक्त अस्पतालको ल्याबमा पुग्दा  सोही ल्याबका कर्मचारी माधव मैनालीलाई  फेला पारी नियन्त्रणमा लिइएको, सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि. बाट PCR TEST Negative भनि उल्लेख भएका ४ थान नक्कली PCR परीक्षण रिपोर्ट सहित जम्मा ४ (चार) जना ब्यक्तिहरुलाई यस महाशाखा बाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट PCR रिपोर्ट Generate गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र PCR TEST दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिईएको, फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी  तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको । साथै दुबै अस्पतालका PCR Lab हरु सिल गरि PCR सम्बन्धी सबै सेवा हाल लाई बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको ।

 

 प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः

v उल्लेखित अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ PCR रिपोर्ट दिने गरेको ।

v उक्त ल्याबहरुमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो Digital Signature प्रयोग गरि रिपोर्ट दिने गरेको ।

v कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको CT Value तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको भन्ने खुल्न आएको ।

v उल्लेखित अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको ।

v  सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको ।  

v बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई PCR रिपोर्ट Negative बनाइदिने भनि प्रति व्यक्ति रु. १० हजार सम्म असुल गरेको भेटिएको ।

v QR Code बाट Scan गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै Report बनाउने गरेको पाईएको ।

 

पक्राउ परेका व्यक्तिहरु :-

१.      जिल्ला धनुषा बिदेह नगरपालिका वडा नं. घर भई हाल जि.ललितपुर ग्वार्को बस्ने बर्ष २५ को रोसन कुमार छिट्टान ।

२.     जिल्ला धनुषा छिरेश्वर न.पा.वडा नं. घर भई हाल का.जि.गौशाला बस्ने बर्ष २५ को नागेन्द्र यादव ।

३.     जिल्ला काभ्रेपलान्चोक तमाल गा.पा. घर भई हाल जि.भक्तपुर सुर्यबिनायक न.पा.वडा नं. सल्लाघारी बस्ने बर्ष २९ को माधव मैनाली

४.     जिल्ला सर्लाही बलरा न.पा.वडा नं.७ घर भई हाल जि.भक्तपुर कौशलटार बस्ने बर्ष २४ को नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा ।

 

फरार रहेका ब्यक्तिहरु :

१.      जिल्ला रौतहट राजदेवी न.पा. ४ बसतपुर घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको PCR Lab  सञ्चालक अ. बर्ष ४० को भावेश मिश्र ।

२.      हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा.लि. को PCR Lab सञ्चालक  अ. बर्ष ४० को निर्मल गिरी ।

बरामद सामग्रीहरुः

१.      पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएको Computer Monitor थान १, Laptop थान १, CPU थान ३ ।

२.      पिसिआर दर्ता रजिष्टरहरु, नक्कली पिसिआर रिपोर्टहरु, रसिद प्याडहरु ।

३.      मोबाइल थान-५ ।

 

 

सम्बन्धित समाचार
“ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरु पक्राउ”
२०८२-०५-२२

घटना विवरण :- मिति २०८२।०४।१२ गते जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं.५ बाहुनधारा स्थित सडक खण्डमा सामुहिक रुपमा पीडितलाई धारीलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाई वारदात पश्चात फरार रहेका ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका निम्न प्रतिवादीहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी अनुसन्धान टोलीले मिति २०८२।०५।१९ गते जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं.१०, गड्डाचौकी स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त बौद्ध, काठमाण्डौं पठाईएको ।       पक्राउ व्यक्तिहरुको विवरण:-१) नाम:-  लोप्साङ बम्जन  उमेर : २८ बर्ष  ठेगाना : जिल्ला सिन्धुपालचोक पाँचपोखरी थाङपाल गा.पा.   वडा नं. ०१ बाँसखर्क स्थायी घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा               नं. ०५ जोरपाटी ।२) नाम:- सुमन तामाङ    उमेर:- २६ बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।३) नाम:- कुमार तामाङ    उमेर:- ३० बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०५-२०

श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ स्थायी वतन भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बस्ने बर्ष ३८ कि रञ्जिता थापा(सिटौला)लाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०५।२० गते जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:- नामथर : रञ्जिता थापा (सिटौला) उमेर     : ३८ वर्ष ठेगाना  : जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ हाल : जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ०२ बिगो: रु १५,००,०००।–(पन्ध्र लाख)अनुसन्धानबाट थप खुल्न आएको विवरण:Ø प्रहरी वृत्त लैनचौरबाट बिगो रु २७,००,०००।–(सत्ताईस लाख) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।Ø जिल्ला प्रहरी कार्यालय दोलखाबाट बिगो रु ३७,४९,०००।–(सड्तिस लाख उनन्चास हजार) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।  

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-२०

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर      :- विशाल बुढा मगर उमेर           :- ३४ वर्षस्थायी वतन :- जिल्ला प्युठान नौबहिनी गा.पा.वडा नं.०१ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१४ ।     देश             :- क्यानडाविगो रकम    :- रु.१५,३०,०००।–(पन्ध्र लाख तिस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला चन्द्रागिरी न.पा. वडा नं.१४ । पीडित संख्या :- २ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।२. नाम थर      :- निकेश ढुङ्गाना    उमेर           :- ३० वर्षस्थायी वतन :- जिल्ला झापा बुद्धशान्ति गा.पा. वडा नं.०२ । हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०९ ।देश             :- यु.के.विगो रकम    :- रु.४१,००,०००।–(एकचालिस लाख)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :- जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.१५ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।३. नाम थर      :- योगेन्द्र सिंह दनुवार   उमेर           :- ४४ वर्षस्थायी वतन :- जिल्ला मोहोत्तरी गौशाला न.पा.वडा नं.०९ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०३ । देश             :- अल्बानियाविगो रकम    :- रु.९,३४,०००।–(नौ लाख चौतिस हजार)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-१९

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।१. नाम थर      :- तुफायल मिया जोलाहाउमेर           :- ३७ वर्षस्थायी वतन :- जिल्ला पर्सा विन्दबासिनि गा.पा.वडा नं.०५ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ ।     देश             :- माल्दिभ्स विगो रकम    :- रु.२,३०,०००।–(दुई लाख तीस हजार)पक्राउ मिति   :- २०८२/०५/१८ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं  ।२. नाम थर      :- सहनसिल महर्जन    उमेर           :- ५३ वर्ष स्थायी वतन :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । देश             :- पोल्याण्ड विगो रकम    :- रु.६,२५,०००।–(छ लाख पच्चिस हजार) पक्राउ मिति   :- २०८२/०५/१९ गते । पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं । ३. नाम थर      :- बिक्रम साह   उमेर           :- २० वर्षस्थायी वतन :- जिल्ला रौतहट परोहा न.पा.वडा नं.०१ ।हाल           :- जिल्ला ललितपुर ललिपुर म.न.पा. । देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,१०,०००।–(दुई लाख दश हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.३२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।४. नाम थर      :- हरिकला खाँण ठकुरी (थापा)   उमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला बाँके कोहलपुर न.पा.वडा नं.१२ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,२३,०००।–(दुई लाख तेइस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जनापठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।  

फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९

वादी प्रकाश बस्नेत प्रतिवादी राम प्रसाद भट्टराई भएको चेक अनादर मुद्दामा (मुद्दा नं.०८०-C१-२७८८) सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौबाट मिति २०८२।०५।१३ गते प्रतिवादीलाई विगो वापत कैद गर्ने भनी भएको आदेशानुसार फरार रहेको निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०५।१९ गते काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौमा बुझाईएको ।  पक्राउ प्रतिवादीको विवरण:-   नामथर: राम प्रसाद भट्टराई,   उमेर:  ४७ बर्ष,   ठेगाना:  जिल्ला तेहृथुम मेन्छयायेम गा.पा. वडा न.५ मोराहाङ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल बस्ने,   मुद्दा: चेक अनादर मुद्दा,   पक्राउ मिति: २०८२।०५।१९ गते ।   पक्राउ स्थान: जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल   विगो रकम: रू १०,००,०००।– (अक्षरेपि दश लाख रुपैंया)   तोकिएको सजाय : विगो वापत २ (दुइ) बर्ष कैद ।    अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु: Ø प्रहरी वृत्त बालाजुमा मु.द.नं.७६८ मिति २०८२।०२।०१ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार । Ø प्रहरी वृत्त महाराजगंजमा मु.द.नं.२४४ मिति २०७९।०५।१६ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।    

“बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९

घटना विवरण :-अनिल श्रेष्ठको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी Sakusal suppliers pvt ltd. का संचालक माधव पण्डित भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं.३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.८ बानियाटार बस्ने वर्ष ४४ को माधव पण्डितलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।१८ गते का.जि.का.म.न.पा.वडा नं. १६ बालाजु चोकबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको । पक्राउ व्यक्तिको विवरण:-१)     नाम :- माधव पण्डित   उमेर :- ४४ वर्ष ठेगाना : जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं.३ घर भई             हाल का.जि.का.म.न.पा. वडा नं.८ बानियाँटार ।  बिगो रकम:- जम्मा रू. ८०,००,०००।-(असी लाख मात्र)