“ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुर मुद्दाको प्रतिवादीहरु पक्राउ”
२०८२-०२-२९
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी अमित कुमार समेत भएको ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।२८ गते पक्राउ अनुमति जारी भएका निम्न प्रतिवादीहरुलाई खोजतलासको लागि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाईएको ।
पक्राउ प्रतिवादीहरुको विवरण:-
१) नामथर: अमित कुमार
उमेर: ४३ बर्ष
ठेगाना: भारत देश बिहार राज्य
सितामढी जिल्ला असोगी स्थायी ठेगाना भई जि. भक्तपुर सुर्यबिनायक न.पा. ५ बालकोट
बस्ने
बिगो: ५६,९६,५९७/-(छपन्न लाख छयानब्बे हजार
पाँच सय सन्तानब्बे रुपैया)
पक्राउ मिति: २०८२।०२।२९ गते
पक्राउ स्थान: जि. भक्तपुर सुर्यबिनायक न.पा. ५
बालकोट
२) नामथर: अर्जुन दाहाल
उमेर: २९ बर्ष
ठेगाना: जि.नुवाकोट बेलकोटगढी न.पा.
वडा नं. ६ स्थायी ठेगान भई का.जि.का.म.पा. वडा नं. १ नक्साल बस्ने
बिगो: ५६,९६,५९७/-(छपन्न लाख छयानब्बे हजार
पाँच सय सन्तानब्बे रुपैया)
पक्राउ मिति: २०८२।०२।२९ गते
पक्राउ स्थान: का.जि.का.म.पा.
वडा नं. १ नक्साल