"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-३०
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर :- राज कुमार मानन्धर
उमेर :- ५१ वर्ष
स्थायी वतन
:- जिल्ला नुवाकोट विदुर न.पा. वडा नं.०४ ।
हाल :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१६ ।
देश :- अमेरिका
विगो रकम
:- रु.४९,९७,०००।-(उनन्चास लाख सन्तान्नब्बे
हजार)
{ प्रतिवादी राज कुमार
मानन्धर उपर वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा (विगो
रु.३५,६९,०००।-) २ वटा पक्राउ अनुमती प्रदान भई आएको र जिल्ला प्रहरी परिसर
काठमाण्डौंमा ठगी सम्बन्धी कसूर मुद्दामा(विगो रु.१४,२८,०००।-) पक्राउ अनुमती
प्रदान भई आएको }
पक्राउ मिति :- २०८२/०२/२९ गते ।
पक्राउ स्थान :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१६ ।
पीडित संख्या :- ३ जना
पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं
२. नाम थर :- ओम बहादुर खत्री
उमेर :- ४० वर्ष
स्थायी वतन :- जिल्ला रुपन्देही तिलोत्तमा न.पा. वडा
नं.०२ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१४ ।
देश :- यु.के.
विगो रकम
:- रु.६,७५,०००।-(छ लाख पचहत्तर हजार)
पक्राउ
मिति :- २०८२/०२/३० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या:- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं