"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-०१
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर :- दिपा शर्मा
उमेर :- ३५ वर्ष
स्थायी वतन
:- जिल्ला कपिलवस्तु शिवराज न.पा. वडा नं.०५
।
हाल :- काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.११
।
देश :- क्यानडा
विगो रकम
:- रु.२३,५०,००० ।-(तेइस लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०२/३० गते ।
पक्राउ स्थान :- काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा.
वडा नं.११ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं
२. नाम थर :- व्रिजेश सुवेदी
उमेर :- २७ वर्ष
स्थायी वतन
:- जिल्ला झापा भद्रपुर न.पा. वडा नं.०४ ।
देश :- यु.के.
विगो रकम
:- रु.२,५०,०००।-(दुई लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०३/०१ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या:- १ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं