"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-०३-०२
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर :- दिपेन्द्र गुरुङ
उमेर :- २६ वर्ष
स्थायी वतन
:- जिल्ला लमजुङ दोर्दी गा.पा. वडा नं.०५ ।
हाल :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१६ ।
देश :- बुसनिया
विगो रकम
:- रु. ७,००,०००।-(सात लाख)
पक्राउ मिति :- २०८२/०३/०१ गते ।
पक्राउ स्थान :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१६
।
पीडित संख्या :- ६ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
२. नाम थर :- रुपी मायाँ
उमेर :- ३४ वर्ष
स्थायी वतन
:- जिल्ला सर्लाही बरहथवा न.पा. वडा नं.०१
।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं.१५ ।
देश :- मलेशिया
विगो रकम
:- रु.५,५७,०००।-(पाँच लाख सन्ताउन्न हजार)
पक्राउ मिति :- २०८२/०३/०२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१५ ।
पीडित संख्या :- ६ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं