“बैंकिङ कसुर मुद्दाको प्रतिवादीहरु पक्राउ”
२०८२-०३-०३
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी श्याम कुमार कार्की भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत, काठमाण्डौ बबरमहलबाट मिति २०८१।१२।०१ गते र प्रतिवादी अस्मिता तामाङ भएको बैंकिङ कसुर मुद्दामा मिति २०८२।०१।३१ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि ऐ. मितिमा विभिन्न कार्यालयहरुमा पठाईएको ।
पक्राउ प्रतिवादीहरुको विवरण:-
१.
नामथर: श्याम कुमार कार्की,
उमेर: ६१ बर्ष,
ठेगाना: जि. काठमाण्डौ चन्द्रागिरी
न.पा. वडा नं.१४ स्थायी वतन भई हाल ऐ.ऐ. बस्ने,
बिगो: रु.१,२९,००,०००/-( एक करोड उन्तीस लाख
रुपैया)
पक्राउ मिति: २०८२।०३।०२ गते,
पक्राउ
स्थान: का.जि.का.म.न.पा. १४ खसीबजार,
पठाईएको कार्यालय: जिल्ला प्रहरी
परिसर,भद्रकाली, काठमाण्डौ ।
२.
नामथर: अस्मिता तामाङ,
उमेर: ३४ बर्ष,
ठेगाना: जिल्ला
नुवाकोट विदुर न.पा. वडा नं.७ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं. १६ बस्ने,
बिगो: रु.१,०५,०००/- ( एक लाख पाँच हजार
रुपैया)
पक्राउ मिति: २०८२।०३।०२ गते,
पक्राउ
स्थान: काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं. १६,
पठाईएको कार्यालय: प्रहरी बृत्त,महाराजगञ्ज, काठमाण्डौ
।