“ चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ ”
२०८२-०३-०३
- A
- A-
- A+
नेक्स्ट डोर कन्स्ट्रक्सन प्रा.लि.को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी आयुष शाह समेत भएको चेक अनादर मुद्दामा प्रतिवादी आयुष शाहलाई सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।०४।२५ गते वादीको नाममा चेक जारी गरी अनादर गरेको पुष्टि भएको हुँदा फैसला बमोजिम भराई पाउने बिगो रु १,१५,००,००० ।-( एक करोड पन्ध्र लाख रुपैयाँ ) र सो को भरीभराउ हुँदा सम्मको कानून बमोजिम हुने ब्याज समेत प्रतिवादीबाट दिलाई भराई पाउँ भनि वादीको दर्खास्त परी कारवाही चलेकोमा प्रतिवादीले विगो दाखिला गर्न नसकेकोले सम्मानित काठमाण्डौ जिल्ला अदालतको मिति २०८१/१२/२९ गतेको आदेशानुसार दुई (२) वर्ष कैद सजायको फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२/०३/०२ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २८ कमलादी बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम थर :-
आयुष शाह
उमेर :- २६ वर्ष
स्थायी वतन : - जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं. ९
हाल :- का.जि.का.म.न.पा. वडा नं. ९ गौरीघाट
बिगो रकम :- १,१५,००,०००।- ( एक करोड पन्ध्र लाख
रुपैयाँ )