“बैकिङ कसुर तथा लिखत सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ”
२०७८-११-०४
सम्मानित काठमाण्डौ जिल्ला अदालतको पत्रले वादी नेपाल सरकार प्रतिवादी सुमन कार्की समेत भएको लिखत सम्बन्धी कसुर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट मिति २०७८।०९।१२ गते पक्राउ पुर्जी जारी भई फरार रहेका तथा उच्च अदालत, पाटन ललितपुरको मिति २०७६।१२।०४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा समेत फरार रहेका प्रतिवादी जिल्ला दोलखा, साविक बुलुङ गा.वि.स.वडा नं.०१ परिवर्तित बिगु गा.पा.वडा नं.०३ घर भई हाल का.जि.नागार्जुन न.पा.वडा नं.०२ ठूलो भर्याङ बस्ने वर्ष ३८ को मोहन तामाङलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।०३ गते का.जि.बौद्धबाट पक्राउ गरी मिति २०७८।११।०४ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत पेश गरेको ।
पक्राउ व्यक्ति:
१. नाम : मोहन बहादुर तामाङ
उमेर : ३८ बर्ष
ठेगाना : जिल्ला दोलखा, साविक बुलुङ गा.वि.स.वडा नं.०१ परिवर्तित बिगु गा.पा.वडा नं.०३
हाल : का.जि.नागार्जुन न.पा.वडा नं.०२ ठूलो भर्याङ