"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-०४
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर :-दर्शन खड्का
उमेर :- १९ वर्ष
स्थायी वतन
:- जिल्ला दाङ घोराही उ.म.न.पा. वडा नं.१६
।
हाल :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.०७ ।
देश :- इटली
विगो रकम
:- रु. ६,००,०००।-(छ लाख)
पक्राउ मिति :- २०८२/०३/०४ गते ।
पक्राउ स्थान :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.०७
।
पीडित संख्या :- ३ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
२. नाम थर :- सरेश गुरुङ
उमेर :- ३७ वर्ष
स्थायी वतन
:- जिल्ला गोरखा धार्चे गा.पा. वडा नं.०५ ।
हाल :- जिल्ला
काठमाण्डौं तार्केश्वर न.पा. वडा नं.०३ ।
देश :- अजरबैजान
विगो रकम
:- रु.४,००,०००।-(चार लाख)
पक्राउ मिति :- २०८२/०३/०३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।
पीडित संख्या :- २ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं