"वैदेशिक रोजगारको लागि UK पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-०३-०४
- A
- A-
- A+
निरज कुमार थारुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रमिला अधिकारी समेत भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौबाट मानिस पक्राउ गरी उपस्थित गराई दिने भन्ने व्यहोराको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा पत्रमा उल्लेखित व्यक्तिहरु मध्येका रमिला अधिकारीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०३।०३ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ४ चण्डोलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८२।०३।०४ गते वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम थर :-
रमिला अधिकारी
उमेर :- ३१ वर्ष
स्थायी वतन : - जिल्ला धादिङ गजुरी गा.पा. वडा नं. २
हाल :- का.जि.का.म.न.पा.
वडा नं. ४ चण्डोल