“फरार प्रतिवादी पक्राउ "
२०८२-०३-०५
- A
- A-
- A+
वादी मिना कुमारी साह प्रतिवादी नारायण गया श्रेष्ठ भएको लेनदेन बिगो कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलको मिति २०७४।१०।१८ गतेको फैसला बमोजिम निज प्रतिवादीलाई विगो रु.५०,०००/-(अक्षरेपि पचास हजार रुपैया) र कोर्ट-फी रु.१७७०( एक हजार सात सय सत्तरी रुपैया) भराई पाउने ठहर भएकोमा निज प्रतिवादीले तोकिएको म्यादमा उपस्थित नभई वादीलाई रकम समेत दाखिला नगरेकोले फैसला बमोजिमको बिगो बापतको ३ (तीन) महिना कैद हुने गरी सम्मानित अदालतको मिति २०७६।११।२७ गते आदेश भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: नारायण गया श्रेष्ठ
उमेर: ५२ बर्ष
ठेगाना : जि. भक्तपुर चाँगुनारायण
न.पा. वडा नं. ३ सुन्दरथली घर भई काठमाण्डौ जिल्ला का.म.पा. वडा नं. ३१ शान्तिनगर
बस्ने
मुद्दा: लेनदेन बिगो कसुर
पक्राउ मिति: २०८२।०३।०५ गते
पक्राउ स्थान: काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं.३१ शान्तिनगर