“फरार प्रतिवादी पक्राउ "
२०८२-०३-०५
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी दिनेश लबजु भएको आत्माहत्या दुरुत्साहन मुद्दा(080-C1-0906)मा सम्मानित भक्तपुर जिल्ला अदालतको मिति २०८०।१२।२७ गतेको फैसला बमोजिम निज प्रतिवादीलाई कैद तथा जरीवाना ठहर भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: दिनेश लबजु,
उमेर: ३१ बर्ष,
ठेगाना : जि.भक्तपुर, भक्तपुर न.पा.
वडा न.- ९ तचपाल घर भई ऐ.ऐ. बस्ने,
मुद्दा : आत्माहत्या दुरुत्साहन,
सजाय: कैद १( एक) बर्ष र जरीवाना १०,०००/-(दश हजार
रुपैया),
पक्राउ मिति: २०८२।०३।०५ गते,
पक्राउ स्थान: जिल्ला भक्तपुर भक्तपुर नगरपालिका ०९ मालपोत नजिकबाट,