"वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-०८
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी क्रोएसियामा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:
१. नाम थर :- सुवर्ण कुमार बल
उमेर :- ४२ वर्ष
स्थायी वतन
:- जिल्ला सिन्धुली ध्याङलेख गा.पा. वडा
नं.३ ।
हाल :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. ।
देश :- क्रोएसिया
विगो रकम
:- रु. ३,५०,०००।-(तीन लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०३/०६ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१५
।
पीडित संख्या :- ४ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं