“वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०३-०९
- A
- A-
- A+
बेरोजगार
युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया हुँदै ग्रिस
लैजाने भन्दै झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने व्यक्तिलाई यस
कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८२।०३।०८ गते जिल्ला काठमाण्डौ
का.म.न.पा.वडा नं.१६ सोह्रखुट्टेबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको
लागि जिल्ला प्रहरी परिसर, भद्रकाली
काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम : राजेश
बराम
उमेर : २९ वर्ष
ठेगाना : जिल्ला गोरखा, वारपाक सुलिकोट गा.पा वडा नं ४
हाल: जिल्ला काठमाण्डौ, का.म. न.पा.वडा नं. २६ गल्कोपाखा
देशः ग्रिस
बिगो रकमः रु. ३७,००,०००।– (सैँतिस लाख)
पीडित संख्याः ४ जना