“ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०३-१०
- A
- A-
- A+
जिल्ला काठमाण्डौ
का.म.न.पा.वडा नं.१५ बस्ने बर्ष ४७ को सोम कौशिक क्षेत्रीले सशस्त्र प्रहरी सहायक
निरीक्षक (असई) पदमा नाम निकालीदिन्छु भनि पीडीतलाई आफुले दिएको ईसेवा आई.डी तथा
विभिन्न बैंक खाताहरुमा जम्मा रु ४,९१,०००।-(चार लाख एकानब्बे हजार) रकम जम्मा
गर्न लगाई ठगी गरी फरार भएकोमा मिति २०८२।०३।०८ गते
सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलबाट
पक्राउ पुर्जी समेत जारी भएका निज सोम
कौशिक क्षेत्रीलाई यस कार्यलयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।०९ गते जिल्ला
काठमाण्डौ नागार्जुन न.पा.वडा नं.७ रामकोटमा फेला पारी ठगी सम्बन्धी कसूरमा थप
अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला
प्रहरी परिसर भद्रकाली, काठमाण्डौ
पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नामथर : सोम
कौशिक क्षेत्री
उमेर : ४७ बर्ष
ठेगाना : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१५ ।