प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"

२०८२-०३-११

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको

पक्राउ व्यक्तिहरुको विवरण:-

१. नाम थर       :- नबिना दाहाल घिमिरे  

उमेर            :- ३१ वर्ष

स्थायी वतन  :- जिल्ला दोलखा बैतेश्वर  गा.पा. वडा नं. ०३ ।

हाल           :- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं. ०६ ।

देश             :- यु.के.

विगो रकम    :- रु. ५२,००,०००।–(बाउन्न लाख)

{प्रतिवादी नबिना दाहाल घिमिरे उपर वादी नेपाल सरकार भएको वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा (विगो रु.१०,००,०००।–)वैदेशिक रोजगार न्याधिकरणबाट  पक्राउ  अनुमती प्राप्त भई आएको र वादी नेपाल सरकार प्रतिवादी नबिना दाहाल घिमिरे समेत भएको ठगी सम्बन्धी कसूर मुद्दामा (विगो रु.४२,००,०००।-)सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भई आएको ।}

पक्राउ मिति   :- २०८२/०/१० गते ।

पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २२ सुन्धारा ।

पीडित संख्या :- जना

    पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं

२. नाम थर      :- लछुमन साह तेली

उमेर           :- ४३ वर्ष

स्थायी वतन :- जिल्ला सर्लाही कौडेना गा.पा. वडा नं. ०४ ।

हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं. ०९ ।

देश            :- कतार

विगो रकम   :- रु.६,००,०००।-(छ लाख)

पक्राउ मिति  :- २०८२/०/११ गते ।

पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ काँडाघारी ।

पीडित संख्या :- जना

पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-१२

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर       :- जगदिश महरउमेर            :- ४० वर्षस्थायी वतन  :- जिल्ला रुकुम पश्चिम त्रिवेणी गा.पा. वडा नं.०१ ।हाल           :- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं.११ ।देश             :- दक्षिण कोरियाविगो रकम    :- रु. १७,८५,०००।–(सत्र लाख पचासी हजार){प्रतिवादी जगदिश महर उपर वादी नेपाल सरकार भएको वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा (विगो रु.६,००,०००।–) वैदेशिक रोजगार न्यायाधिकरणबाट  पक्राउ  अनुमती प्राप्त भई आएको र वादी नेपाल सरकार प्रतिवादी जगदिश महर भएको बैंकिङ कसूर मुद्दामा (विगो रु.११,८५,०००।-) सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भई आएको ।}पक्राउ मिति   :- २०८२/०३/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ ।पीडित संख्या :- २ जना     पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।२. नाम थर      :- डिल बहादुर आले मगरउमेर           :- ३७ वर्षस्थायी वतन :- जिल्ला नवलपरासी(बर्दघाट-सुस्ता पुर्व) बुलिङटार गा.पा. वडा नं. ०४ ।हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०४ । देश            :-  सर्बियाविगो रकम   :- रु.५,१०,०००।-(पाँच लाख दश हजार)पक्राउ मिति  :- २०८२/०३/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०४ । पीडित संख्या :- ८ जना३. नाम थर     :- प्रेम कुमार श्रेष्ठउमेर           :- ३१ वर्षस्थायी वतन :- जिल्ला सिन्धुली घ्याङलेख गा.पा. वडा नं. ०६ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । देश             :- रोमानियाविगो रकम   :- रु.६,५०,०००।-(छ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०३/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०७ । पीडित संख्या :- २ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

“बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१२

सृजन प्याकुरेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रकाश कट्टेल भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट, तादी गा.पा. वडा नं.०२ बस्ने वर्ष ३९ को प्रकाश कट्टेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।११ गते का.जि.का.म.न.पा.वडा नं.११ बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ, बिराटनगर पठाईएको ।पक्राउ प्रतिवादी : नाम :  प्रकाश कट्टेल उमेर : ३९ वर्ष  ठेगाना : जि. नुवाकोट, तादी गा.पा. वडा नं.०२  हाल : का.जि.का.म.न.पा.वडा नं.११ बबरमहलबिगो रकम: रू.९०,००,०००।– ( नब्बे लाख मात्र)

“ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०३-१०

जिल्ला  काठमाण्डौ का.म.न.पा.वडा नं.१५ बस्ने बर्ष ४७ को सोम कौशिक क्षेत्रीले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकालीदिन्छु भनि पीडीतलाई आफुले दिएको ईसेवा आई.डी तथा विभिन्न बैंक खाताहरुमा जम्मा रु ४,९१,०००।-(चार लाख एकानब्बे हजार)  रकम  जम्मा गर्न  लगाई  ठगी गरी फरार भएकोमा मिति २०८२।०३।०८ गते सम्मानित काठमाण्डौ  जिल्ला अदालत बबरमहलबाट  पक्राउ पुर्जी समेत जारी भएका निज सोम कौशिक क्षेत्रीलाई यस कार्यलयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।०९ गते जिल्ला काठमाण्डौ नागार्जुन न.पा.वडा नं.७ रामकोटमा फेला पारी ठगी  सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको  ।    पक्राउ व्यक्तिको विवरण:-                                                                                             नामथर : सोम कौशिक क्षेत्री              उमेर    :  ४७ बर्ष ठेगाना : जिल्ला  काठमाण्डौ का.म.न.पा.वडा नं.१५ ।

“वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०३-०९

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने व्यक्तिलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८२।०३।०८ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१६ सोह्रखुट्टेबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-नाम : राजेश बराम उमेर : २९ वर्ष ठेगाना : जिल्ला गोरखा, वारपाक सुलिकोट गा.पा वडा नं ४ हाल: जिल्ला काठमाण्डौ, का.म. न.पा.वडा नं. २६ गल्कोपाखा देशः ग्रिस  बिगो रकमः रु. ३७,००,०००।– (सैँतिस लाख)  पीडित संख्याः ४ जना 

"वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-०८

 बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी क्रोएसियामा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिको विवरण:१. नाम थर       :- सुवर्ण कुमार बलउमेर            :- ४२ वर्षस्थायी वतन  :- जिल्ला सिन्धुली ध्याङलेख गा.पा. वडा नं.३ ।हाल           :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. । देश             :- क्रोएसियाविगो रकम    :- रु. ३,५०,०००।-(तीन लाख पचास हजार)पक्राउ मिति   :- २०८२/०३/०६ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१५ ।पीडित संख्या :- ४ जना     पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं

“ चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ ”
२०८२-०३-०५

नेक्स्ट डोर कन्स्ट्रक्सन प्रा.लि.को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विरेन्द्र खत्री समेत भएको चेक अनादर मुद्दामा  प्रतिवादी विरेन्द्र खत्रीलाई सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।०४।२५ गते वादीको नाममा चेक जारी गरी अनादर गरेको पुष्टि भएको हुँदा फैसला बमोजिम भराई पाउने बिगो रु १,१५,००,००० ।-( एक करोड पन्ध्र लाख रुपैयाँ ) र सो को भरीभराउ हुँदा सम्मको कानून बमोजिम हुने ब्याज समेत प्रतिवादीबाट दिलाई भराई पाउँ भनि वादीको दरखास्त परी कारवाही चलेकोमा प्रतिवादीले विगो दाखिला गर्न नसकेकोले सम्मानित काठमाण्डौ जिल्ला अदालतको मिति २०८१/१२/२९ गतेको आदेशानुसार दुई (२) वर्ष कैद सजायको फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२/०३/०४ गते जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ५ कटुन्जेबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको । पक्राउ व्यक्तिको विवरणनाम थर      :- विरेन्द्र खत्रीउमेर           :- ४० वर्षस्थायी वतन : - जिल्ला सिन्धुपाल्चोक साँगाचोक गा.वि.स. वडा नं. ८ परिवर्तित चौतारा साँगाचोकगढी न.पा. वडा नं. ११हाल           :-  जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ५ कटुन्जेबिगो रकम   :-  १,१५,००,०००।- ( एक करोड पन्ध्र लाख रुपैयाँ )अनुसन्धानबाट खुल्न आएका कुराहरु: Ø वादी मन बहादुर गुरुङको चेक अनादरको विगो मुद्दामा निज प्रतिवादी विरेन्द्र खत्रीलाई २ वर्ष कैद सजाय तोकिएको ।