"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-१२
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर :- जगदिश महर
उमेर :- ४० वर्ष
स्थायी वतन
:- जिल्ला रुकुम पश्चिम त्रिवेणी गा.पा.
वडा नं.०१ ।
हाल :- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा
नं.११ ।
देश :- दक्षिण कोरिया
विगो रकम
:- रु. १७,८५,०००।–(सत्र
लाख पचासी हजार)
{प्रतिवादी
जगदिश महर उपर वादी नेपाल सरकार भएको वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा (विगो
रु.६,००,०००।–)
वैदेशिक रोजगार न्यायाधिकरणबाट
पक्राउ अनुमती प्राप्त भई आएको र
वादी नेपाल सरकार प्रतिवादी जगदिश महर भएको बैंकिङ कसूर मुद्दामा (विगो रु.११,८५,०००।-)
सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भई आएको ।}
पक्राउ मिति :- २०८२/०३/१२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७
।
पीडित संख्या :- २ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
२. नाम थर :- डिल बहादुर आले मगर
उमेर :- ३७ वर्ष
स्थायी वतन :- जिल्ला नवलपरासी(बर्दघाट-सुस्ता पुर्व)
बुलिङटार गा.पा. वडा नं. ०४ ।
हाल :- जिल्ला
काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०४ ।
देश :- सर्बिया
विगो रकम
:- रु.५,१०,०००।-(पाँच लाख दश हजार)
पक्राउ मिति :- २०८२/०३/१२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०४ ।
पीडित संख्या :- ८ जना
३. नाम थर :- प्रेम कुमार श्रेष्ठ
उमेर :- ३१ वर्ष
स्थायी वतन :- जिल्ला सिन्धुली घ्याङलेख गा.पा. वडा
नं. ०६ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।
देश :- रोमानिया
विगो रकम
:- रु.६,५०,०००।-(छ लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०३/१२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०७
।
पीडित संख्या :- २ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं ।