"वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-१३
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि सर्बिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१० बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१. नाम थर :- सुनिल कुमार सोनार
उमेर :- २३ वर्ष
स्थायी वतन
:- जिल्ला पर्सा सखुवा प्रर्सौनी गा.पा.
वडा नं.०६ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९
।
देश :- सर्बिया
विगो रकम
:- रु. १०,००,०००।-(दश लाख)
पक्राउ मिति :- २०८२/०३/१२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१०
।
पीडित संख्या :- २ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं