“बैंकिङ कसुर मद्दामा फरार रहेका व्यक्ति पक्राउ”
२०८२-०३-१३
- A
- A-
- A+
बैंकिङ कसुर मुद्दामा सम्मानित जिल्ला अदालत काठमाण्डौको मिति २०८०।०८।२७ गतेको फैसलाले रु. ११,००,०००।–( एघार लाख) जरिवाना र १ महिना कैद सजाय ठहर हुने गरि फैसला भई फरार रहेका जिल्ला तनहुँ बन्दीपुर गाँउपालिका वडा नं.१ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं.६ धापासी बस्ने वर्ष ४७ को विष्णु बहादुर भण्डारीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१३ गते अं.११:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.३ महाराजगंजबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज मिति २०८२।०३।१३ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नामथर : विष्णु
बहादुर भण्डारी
उमेर : ४७ बर्ष
ठेगाना : जिल्ला तनहुँ बन्दीपुर गाँउपालिका वडा नं.१ ।