"फरार प्रतिवादी पक्राउ"
२०८२-०३-१५
- A
- A-
- A+
आईते लामा तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी खड्ग बहादुर कार्की भएको बैंकिङ कसुर मुद्दामा ( मु.नं. ०८०- C१-००८२) सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलको मिति २०८०।११।२२ गतेको फैसलाले १० (दश) दिन कैद र रु. २०,००,०००/- (बीस लाख ) जरीवाना ठहर भई हालसम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०३।१५ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।
पक्राउ
प्रतिवादीको विवरण:-
नामथर: खड्ग बहादुर कार्की,
उमेर: ४७ बर्ष,
ठेगाना : जि.रामेछाप खाँडादेवी गा.पा. वडा नं. २ घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं.१४ कलंकी बस्ने,
मुद्दा: बैंकिङ कसुर
पक्राउ मिति: २०८२।०३।१५ गते,
पक्राउ स्थान: काठमाण्डौ जिल्ला का.म.न.पा.१४ बल्खू,
अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरू:
Ø जिल्ला प्रहरी परिसर
काठमाण्डौमा मिति २०८२।०२।१२ गते दर्ता
भएको रू.
१,२८,००,०००।- ( एक करोड अठाईस लाख ) बैंकिङ कसुर
मुद्दामा फरार ।
Ø जिल्ला प्रहरी परिसर काठमाण्डौमा मिति २०८०।०८।२४ गते दर्ता भएको रू. ८०,००,०००।- ( असी लाख ) बैंकिङ कसुर
मुद्दामा फरार
Ø जिल्ला प्रहरी परिसर
ललितपुरमा मिति २०८१।०८।०४ गते दर्ता
भएको रू. ४,००,०००।- (चार लाख) बैंकिङ
कसुर मुद्दामा फरार
Ø प्रहरी बृत्त मालिगाँउ, काठमाण्डौमा मिति २०७९।१२।१२ गते दर्ता
भएको रू.
२,५०,०००।- ( दुई लाख पचास हजार ) बैंकिङ कसुर
मुद्दामा फरार ।
Ø प्रहरी बृत्त मालिगाँउ, काठमाण्डौमा मिति २०७९।११।०८ गते दर्ता भएको रू.२०,००,०००।- ( बीस लाख ) बैंकिङ कसुर मुद्दामा फरार ।