“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-११-०६
बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८।०८।२१ गतेको फैसलाले रू.७,००,०००।–(सात लाख) जरिवाना तोकिई फरार रहेका धादिङ जिल्ला साविक चैनपुर गा.वि.स.वडा नं.०१ घर भई का.जि.का.म.न.पा.वडा नं.२६ बस्ने (GRIGABHUMI REAL STATE PVT.LTD.) का संचालक वर्ष ४३ को रमेश बहादुर पाठकलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।०६ गते का.जि.सोह्रखुट्टबाट पक्राउ गरी मिति २०७८।११।०६ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत पेश गरेको ।
पक्राउ व्यक्ति:
१. नाम : रमेश बहादुर पाठक
उमेर : ४३ बर्ष
ठेगाना: जि.धादिङ, चैनपुर गा.वि.स.वडा नं.०१
हाल : का.जि.का.म.न.पा.वडा नं.२६
मिति २०७८/११/६