"बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०३-१६
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी दिनेश थापा भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं.०८ घर भई हाल जिल्ला काठमाण्डौं .का.म.न.पा. वडा नं ०७ वस्ने वर्ष ४३ को दिनेश थापालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१५ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०८ गुहेश्वरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाण्डौं पठाइएको ।
पक्राउ व्यक्तिको विवरण:-
१. नाम थर :- दिनेश थापा
उमेर :- ४३ वर्ष
स्थायी वतन :- जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं.०८ ।
हाल :- जिल्ला काठमाण्डौं .का.म.न.पा. वडा
नं ०७ ।
बिगो रकम :- रु.१४,२५,०००।–(चौध लाख पच्चीस हजार)
पक्राउ मिति :- २०८२/०३/१५ गते ।
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ०८ गुहेश्वरी ।
पीडित संख्या:- १ जना
प्रतिवादी दिनेश थापा संलग्न अन्य
कसुरहरु :-
१. जिल्ला प्रहरी कार्यालय भोजपुरमा विगो रु. १०,३०,००० ।-
भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।
२. प्रहरी वृत्त दरबारमार्गमा विगो रु. १,९५,००० ।- भएको
बैंकिङ कसुर मुद्दामा फरार रहेको ।
३. प्रहरी वृत्त नयाँ बानेश्वरमा विगो रु. २,००,००० ।- भएको
बैंकिङ कसुर मुद्दामा फरार रहेको ।