"वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-१६
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.०४ सुकेधाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१. नाम थर :- रन्जन पाण्डे
उमेर :- ३० वर्ष
स्थायी वतन
:- जिल्ला तनहुँ व्यास न.पा. वडा नं.१२ ।
हाल :-
जिल्ला काठमाण्डौं चन्द्रगिरी न.पा. वडा नं.०७ ।
देश :- अमेरिका
विगो रकम
:- रु. ७५,५०,०००।–(पचहत्तर
लाख पचास हजार)
(वैदेशिक रोजगार विभागबाट दुई वटा
पक्राउ अनुमति बिगो रु. ७१,००,०००।– र सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट ठगी
मुद्दामा प्राप्त पक्राउ अनुमति बिगो रु.४,५०,०००।-)
पक्राउ मिति :- २०८२/०३/१५ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०४
।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली
काठमाण्डौं ।