"वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-१७
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ०३ बालकोटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१. नाम थर :- कमला कुमारी के.सी.
उमेर :- ५१ वर्ष
स्थायी वतन
:- जिल्ला स्याङजा बिरुवा गा.पा. वडा नं.०१
।
हाल :- जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा
नं.०३ ।
देश :- बुल्गेरिया
विगो रकम
:- रु. ६,७५,०००।–(छ लाख
पचहत्तर हजार)
पक्राउ मिति :- २०८२/०३/१७ गते ।
पक्राउ स्थान :- जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा
नं.०३ बालकोट ।
पीडित संख्या :- २ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं