“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१८
- A
- A-
- A+
शिव शंकर पोखरेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिक्रम चौहान भएको बैंकिङ कसुर मुद्दामा ( ०७९-CB -३१११) सम्मानित उच्च अदालत पाटनको मिति २०८०।०२।०२ गतेको फैसलाले निज प्रतिवादीलाई २ (दुई) दिन कैद र रु.६,१०,०००/- (छ लाख दश हजार रुपैया) जरीवाना र क्षतिपुर्ती बापत शुल्क रु.२०,४००।– (बीस हजार चार सय) पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: बिक्रम
चौहान
उमेर: ३० बर्ष
ठेगाना: जिल्ला सिन्धुली दुधौली न.पा वडा नं ३
स्थाई वतन भई हाल काठमाण्डौ जिल्ला नागार्जुन न.पा वडा नं १० स्युचाटार बस्ने,
बिगो: रु. ६,१०,०००/- (छ लाख दश हजार रुपैंया)
पक्राउ मिति: २०८२।०३।१८ गते
पक्राउ स्थान:
काठमाण्डौ जिल्ला नागार्जुन न.पा वडा नं १० स्युचाटार