“लागू औषध (चरेश) मुद्दाको फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१८
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी कुशल राजबाहक भएको लागू औषध (चरेश) मुद्दामा (०७७-C१-१३९०) सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलको मिति २०७८।०९।२० गतेको फैसलाले निम्नानुसारको सजाय तोकिएका प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति र स्थानबाट पक्राउ गरी मिति २०८२।०३।१८ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: कुशल राजबाहक
उमेर: ३१ बर्ष
ठेगाना: जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ९ स्थायी ठेगाना भई ऐ.ऐ.बस्ने
सजाय: १ बर्ष कैद र रु.५,०००/- (पाँच हजार) जरीवाना
पक्राउ मिति: २०८२।०३।१७ गते
पक्राउ स्थान: जिल्ला
भक्तपुर मध्यपुर ठिमी