प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"वैदेशिक रोजगारीको लागि यु.के. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "

२०८२-०३-१८

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.के. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ०४ एकान्तकुनाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।

पक्राउ व्यक्तिको विवरण:-

१. नाम थर       :- प्रभाष रिसाल

उमेर            :- ४० वर्ष

स्थायी वतन  :- ललितपुर जिल्ला ललितपुर म.न.पा.वडा नं.२५ ।

देश             :- यु.के.

विगो रकम    :- रु. १,२०,४४,०००।–(एक करोड बिस लाख चवालिस हजार)

पक्राउ मिति   :- २०८२/०/१८ गते ।

पक्राउ स्थान  :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०४ ।

    पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं  ।

सम्बन्धित समाचार
“लागू औषध (चरेश) मुद्दाको फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१८

वादी नेपाल सरकार प्रतिवादी कुशल राजबाहक भएको लागू औषध (चरेश) मुद्दामा (०७७-C१-१३९०) सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलको मिति २०७८।०९।२० गतेको फैसलाले निम्नानुसारको सजाय तोकिएका प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति र स्थानबाट पक्राउ गरी मिति २०८२।०३।१८ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:- नामथर: कुशल राजबाहक       उमेर:  ३१ बर्ष       ठेगाना: जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ९ स्थायी ठेगाना भई ऐ.ऐ.बस्ने       सजाय: १ बर्ष कैद र  रु.५,०००/- (पाँच हजार) जरीवाना       पक्राउ मिति: २०८२।०३।१७ गते       पक्राउ स्थान: जिल्ला भक्तपुर मध्यपुर ठिमी 

“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१८

शिव शंकर पोखरेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिक्रम चौहान भएको  बैंकिङ कसुर मुद्दामा ( ०७९-CB -३१११) सम्मानित  उच्च अदालत पाटनको मिति २०८०।०२।०२ गतेको फैसलाले निज प्रतिवादीलाई २ (दुई) दिन कैद र रु.६,१०,०००/- (छ लाख दश हजार रुपैया) जरीवाना र क्षतिपुर्ती बापत शुल्क रु.२०,४००।– (बीस हजार चार सय)  पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी  फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: बिक्रम चौहान   उमेर: ३० बर्ष   ठेगाना: जिल्ला सिन्धुली दुधौली न.पा वडा नं ३ स्थाई वतन भई हाल काठमाण्डौ जिल्ला नागार्जुन न.पा वडा नं १० स्युचाटार     बस्ने,   बिगो: रु. ६,१०,०००/- (छ लाख दश हजार रुपैंया)   पक्राउ मिति: २०८२।०३।१८ गते   पक्राउ स्थान:  काठमाण्डौ जिल्ला नागार्जुन न.पा वडा नं १० स्युचाटार 

"वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-१७

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ०३ बालकोटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१. नाम थर       :- कमला कुमारी के.सी. उमेर            :- ५१ वर्षस्थायी वतन  :- जिल्ला स्याङजा बिरुवा गा.पा. वडा नं.०१ ।हाल           :- जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं.०३ । देश             :- बुल्गेरियाविगो रकम    :- रु. ६,७५,०००।–(छ लाख पचहत्तर हजार)पक्राउ मिति   :- २०८२/०३/१७ गते ।पक्राउ स्थान  :- जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं.०३ बालकोट ।पीडित संख्या :- २ जना     पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं  

“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१७

वादी नेपाल सरकार प्रतिवादी सरला न्यौपाने भएको बैंकिङ कसुर मुद्दामा सम्मानित ललितपुर जिल्ला अदालतबाट मिति २०८२।०३।०४ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर,जावलाखेल, ललितपुर पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-  नामथर: सरला न्यौपाने  उमेर: ५३ बर्ष  ठेगाना: जि.तनहुँ व्यास न.पा. वडा नं. १० शान्तीनगर घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ८ गल्फुटार बस्ने  बिगो: रु. २०,००,०००/-(बीस लाख रुपैंया)  पक्राउ मिति: २०८२।०३।१६ गते   पक्राउ स्थान:  जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ८ गल्फुटारअनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरू:    Ø प्रहरी वृत्त बौद्ब काठमाण्डौमा  मिति २०७६।०९।१० गते  दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।     Ø  प्रहरी वृत्त महारजगंज काठमाण्डौमा  मिति २०७६।०९।२८ गते  दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।  Ø  प्रहरी वृत्त जगाती भक्तपुरमा मिति २०८१।०६।१० गते  दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार । 

"बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०३-१६

वादी नेपाल सरकार प्रतिवादी दिनेश थापा भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं.०८ घर भई हाल जिल्ला  काठमाण्डौं .का.म.न.पा. वडा नं ०७ वस्ने वर्ष ४३ को दिनेश थापालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१५ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०८ गुहेश्वरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाण्डौं  पठाइएको ।       पक्राउ व्यक्तिको विवरण:- १. नाम थर       :- दिनेश थापाउमेर           :- ४३ वर्षस्थायी वतन   :- जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं.०८ । हाल  :- जिल्ला  काठमाण्डौं .का.म.न.पा. वडा नं ०७ ।      बिगो रकम   :- रु.१४,२५,०००।–(चौध लाख पच्चीस हजार)पक्राउ मिति  :- २०८२/०३/१५ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०८ गुहेश्वरी । पीडित संख्या:- १ जनाप्रतिवादी दिनेश थापा संलग्न अन्य कसुरहरु :-१. जिल्ला प्रहरी कार्यालय भोजपुरमा विगो रु. १०,३०,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।२. प्रहरी वृत्त दरबारमार्गमा विगो रु. १,९५,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । ३. प्रहरी वृत्त नयाँ बानेश्वरमा विगो रु. २,००,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।

“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१६

वादी नेपाल सरकार प्रतिवादी सबिन महर्जन भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहलबाट मिति २०८१।११।२६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी बृत्त महाराजगञ्ज, काठमाण्डौ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: सबिन महर्जन   उमेर: ३६ बर्ष   ठेगाना: जि.काठमाण्डौ साविक मनमैजु  गा.बि.स. वडा नं. ५ हाल परिवर्तित तार्केश्वर न.पा. वडा नं. ९ स्थायी वतन भई  ऐ.ऐ. बस्ने  बिगो: रु. ९,८०,०००/-(नौ लाख असी हजार रुपैंया)  पक्राउ मिति: २०८२।०३।१६ गते   पक्राउ स्थान:  का.जि.का.म.पा. वडा नं. १६ बनस्थलीअनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरू:   Ø  प्रहरी वृत्त थानकोट काठमाण्डौमा  मिति २०८१।०६।०९ गते  दर्ता भएको रू. १,५०,००,०००।-  ( एक करोड पचास लाख ) बैंकिङ कसुर मुद्दामा फरार । Ø  प्रहरी वृत्त बालाजु काठमाण्डौमा  मिति २०८१।०७।२७ गते  दर्ता भएको रू. ७,००,०००।-  ( सात लाख ) बैंकिङ कसुर मुद्दामा फरार ।