“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२०
- A
- A-
- A+
जमुना चाम्लिङ राईको जाहेरीले वादी
नेपाल सरकार प्रतिवादी प्रलाद खड्का भएको बैंकिङ
कसूर मुद्दामा फरार
रहेका जिल्ला सिन्धुली, दुधौली न.पा. वडा नं.०८ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.०७ चाबहिल बस्ने वर्ष ३० को प्रलाद खड्कालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते का.जि.का.म.न.पा.वडा नं.०७ चावहिल गंगाहिटीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको ।
साथै, पक्राउ प्रतिवादी प्रलाद खड्काको
नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत ४ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट
देखिन आएको ।
पक्राउ प्रतिवादी :
नाम : प्रलाद खड्का
उमेर : ३० वर्ष
ठेगाना : जि. सिन्धुली, दुधौली न.पा. वडा नं.०८
हाल : का.जि.का.म.न.पा.वडा नं.०७
कुल जम्मा बिगो रकम: रू. ४७,३६,७५०।– ( सरचालिस लाख छत्तिस हजार सात सय पचास मात्र)