"वैदेशिक रोजगारीको लागि लक्जेम्बर्ग पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-२०
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लक्जेम्बर्ग लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०४ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१. नाम थर :- भुप नारायण चौधरी
उमेर :- ४० वर्ष
स्थायी वतन
:- जिल्ला नवलपरासी(पश्चिम) सरावल गा.पा.वडा नं.०२ ।
हाल :- जिल्ला ललितपुर कोन्ज्योसोम
गा.पा. वडा नं.०४ ।
देश :- लक्जेम्बर्ग
विगो रकम
:- रु. १२,००,०००।– (बाह्र
लाख)
पक्राउ मिति :- २०८२/०३/१९ गते ।
पक्राउ स्थान :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०४ ।
पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली,
काठमाण्डौं ।
पीडित संख्या :- २ जना ।