“e-Sewa मा बोनस रकम प्राप्त हुन्छ भनी ठगि गर्ने व्यक्तिहरु पक्राउ”
२०७८-११-०८
e-Sewaले बोनस बाडदै छ आफ्नै e-Sewaमा ५० हजार रकम जम्मा गरेमा २,५००।– बोनस पाईन्छ भनी ९८२९४०२०४९ नं.बाट e-Sewaको कर्मचारी बोलेको भनी आएको फोनको बिश्वासमा परी पिडितले रकम जम्मा गरेको र बोनस प्राप्त गर्नको लागी कुरा कानी गर्दा बिभिन्न कुराहरु गरी बिश्बासमा पारी पिडित को e-SewaID को OTP प्राप्त गरे पश्चात बैंक खातामा समेत पहुँच बनाई ७,२७,३४८ ।- (सात लाख सत्ताईस हजार तीन सय अठचालिस) रु ठगि गरेको भन्ने उजुरी यस महाशाखामा प्राप्त भए पश्चात अनुसन्धान गर्दा उक्त ठगी गरेको रकमले tiktok मा विक्रीको लागी राखिएको Iphone 13 Pro Max १ लाख ९० हजारमा किन्ने सहमती गरी पिडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाईल बिरगंजबाट पाउने गरी पठाउन लगाएको बुझिएको । यसैगरी ठगीको रकम बिभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाइएको पाईएको र सो को अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरुलाई जि.प्र.का. पर्सा संगको समन्वयमा पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरुः-
१.सुभम साह
जिल्ला रौतहट माधबनारायण न.पा.२ हाल जिल्ला पर्सा बिरगंज
२.सर्फराज आलम
जिल्ला बारा महागढिमाई न.पा.१० हाल जिल्ला पर्सा बिरगंज
२०७८/११ /०८ गते