"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-०३-२२
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर :- रोहन भन्ने फिन्चु लामा
उमेर :- ३२ वर्ष
स्थायी वतन :- जिल्ला रामेछाप उमाकुण्ड गा.पा. वडा नं.
०६ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.०६ ।
देश :- लिथुआनिया, रोमानिया लगायतका मुलुकहरु
विगो रकम
:- रु. १,८०,९३,०००।-(एक करोड असी लाख त्रियानब्बे हजार)
पक्राउ मिति :- २०८२/०३/२० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१०
।
पीडित संख्या :- ४५ जना (हाल सम्म सम्पर्कमा आएका)
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं ।
{प्रतिवादी रोहन लामा भन्ने फिन्चु लामाले नयाँ बानेश्वर स्थितमा रहेको ENSURE DESTINY INTERNATIONAL नामक कन्सल्ट्यान्सी संचालन गरी पीडितहरुलाई लिथुआनिया, रोमानिया लगायतका देशहरुमा पठाउने भनि पीडितहरुबाट रकम उठाई ठगी गरेको ।}
२. नाम थर :- उत्तम
खड्का
उमेर :- २९ वर्ष
स्थायी वतन :-
जिल्ला संखुवासभा खादबारी न.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०८ ।
देश :- सर्बिया
विगो रकम :- रु.२,००,०००।-(दुइ लाख)
पक्राउ मिति :- २०८२/०३/२२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०८।
पीडित संख्या :-
१ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग
ताहाचल, काठमाण्डौं ।