“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२२
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी सुकबिर लुङवा तामाङ भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।१२।०३ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर,भद्रकाली, काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: सुकबिर लुङवा तामाङ
उमेर: ४१ बर्ष
ठेगाना: जिल्ला
तेह्रथुम फेदाप गा.पा.वडा नं.१ लामथुम्बा घर भई हाल जि.काठमाण्डौ टोखा न.पा. वडा नं. ८ अर्याल
बस्ती बस्ने
बिगो: रु. ५,००,०००/-(पाँच लाख रुपैंया)
पक्राउ मिति: २०८२।०३।२२ गते
पक्राउ स्थान: जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं.८ अर्याल बस्ती
अनुसन्धानको क्रममा खुल्न आएका
तथ्यहरू:
Ø प्रहरी वृत्त बौद्ब काठमाण्डौमा मिति २०८१।०९।११ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।