" बिद्युतिय चुरोट (भेप) सहित मानिस पक्राउ "
२०८२-०३-२२
- A
- A-
- A+
अवैध रूपमा बिद्युतिय चुरोट (भेप) राजस्व छली चोरी पैठारी गरी ल्याउने कार्यमा संलग्न रहेका निम्न वतन भएका विशाल तामाङलाई मिति २०८२।०३।२० गते यस कार्यालय तथा मातहत PRCB भक्तपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. १ लोकन्थली स्थित निजको कोठाबाट पक्राउ गरी भन्सार छली चोरी पैठारी गरी ल्याएको निम्न परिमाणमा रहेको बिद्युतिय चुरोट (भेप) लगायतका दसी/सामानहरू बरामद गरी निजलाई राजस्व छली सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बरामद दसी सहित राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरमा पठाइएको ।
पक्राउ व्यक्तिको विवरण:-
नामथर : बिशाल तामाङ
उमेर : २८ बर्ष
ठेगाना : जिल्ला काभ्रेपलान्चोक पनौती न.पा. वडा नं. ११
घर
भई
हाल जिल्ला भक्तपुर मध्यपुर थिमि
न.पा. वडा नं. १
लोकन्थली
बस्ने
बरामद सामान:-
बिद्युतिय चुरोट (भेप) ४८३० थान
वा ९ च ८७३४ नम्बरको मारुती सुजुकी भ्यान थान-१ ।
मोबाइल थान-१