"भारतीय पर्यटकहरुलाइ लुटपाट गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-२२
- A
- A-
- A+
घटना विवरण:
काठमाण्डौ महानगरपालिका वडा नं. १६ ठमेल स्थितमा भारतीय पर्यटकहरुलाई दुई जना अपरिचित व्यक्तिहरुले होटल खोज्न सहयोग गरी दिन्छु भनि गोंगबु बसपार्क नजिक रहेको Dhurba Tara Complex को छैठौ तल्लामा लगी कुटपिट तथा लुटपाट गरी फरार रहेको घटना अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न तपसिलमा उल्लेखित नाम ठेगाना भएका व्यक्तिहरुलाई मिति २०८२/०३/२० गते अं. १६:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं १६ नयाँबजारबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:
१. नामथर : पासाङ तामाङ
उमेर : २२ बर्ष
ठेगाना : जिल्ला काभ्रेपलान्चोक
नमोबुद्ध न.पा. वडा नं. ११
हाल : का.जि.का.म.न.पा. वडा नं. १६ सोह्रखुटे नयाँबजार
२. नामथर : निल कुमार
तामाङ
उमेर :
२८ बर्ष
ठेगाना : जिल्ला काभ्रेपलान्चोक
नमोबुद्ध न.पा. वडा नं. १
हाल : जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं. १० श्रृजनाटोल
३. नामथर : किरण कुमार
मोक्तान
उमेर : २५ बर्ष
ठेगाना : जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध न.पा. वडा
नं. ११
हाल
: का.जि.का.म.न.पा.वडा नं.१६ सोह्रखुटे नयाँबजार