"वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-२३
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई निम्न उल्लेखित स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर
:- मिङमाडुण्डु शेर्पा
उमेर :- ४७ वर्ष
स्थायी वतन :- जिल्ला ताप्लेजुङ मिक्वाखोला गा.पा. वडा
नं.०५ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.०६ ।
देश :- अमेरिका
विगो रकम
:- रु. ४०,००,०००।-(चालिस लाख)
पक्राउ मिति :- २०८२/०३/२२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६
।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं ।
२. नाम थर :- स्वर्णिम
कुमार बाँठा
उमेर :- ५४ वर्ष
स्थायी वतन :-
जिल्ला रुकुम पश्चिम त्रिवेणी गा.पा. वडा नं.०४ ।
हाल :- जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. वडा
नं.०५ ।
देश :- अमेरिका
विगो रकम :- रु.६९,५०,०००।-(उनन्सत्तरी लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०३/२२ गते ।
पक्राउ स्थान :- जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. वडा नं.०५ ।