“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२३
- A
- A-
- A+
जित बहादुर योञ्जनको
जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मधुकर लुईटेल भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला धादिङ धुनिवेशी, गा.पा. वडा नं.०२ स्थायी
वतन भई हाल का.जि.चन्द्रागिरी
न.पा.वडा नं.१३ पुरानो नैकाप बस्ने
वर्ष ४६ को मधुकर लुईटेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२२ गते का.जि.का.म.न.पा.वडा नं.२७
वीर अस्पताल अगाडीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत गौशाला, काठमाण्डौ पठाईएको ।
साथै, पक्राउ प्रतिवादी मधुकर लुईटेलको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत २ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।
पक्राउ प्रतिवादी :
नाम : मधुकर लुईटेल
उमेर : ४६ वर्ष
ठेगाना : जि. धादिङ, धुनिवेशी
गा.पा. वडा नं.०२
हाल : का.जि.चन्द्रागिरी न.पा.वडा नं.१३
कुल जम्मा बिगो रकम: रू. १,१०,५९,१२५।– ( एक
करोड दश लाख उनन्साठी हजार एक सय पच्चिस मात्र)