“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२३
- A
- A-
- A+
वादी हरित बचत तथा ऋण सहकारी संस्था लि. प्रतिवादी कोपिला खाती भएको चेक अनादर मुद्दामा (मु.नं.०८०-C४-०२७८) सम्मानित भक्तपुर जिल्ला अदालतको मिति २०८१।०५।०२ गतेको फैसला बमोजिम प्रतिवादीबाट भराई पाउने ठहरेको बिगो रकम बापतको २ (दुई) बर्ष कैद हुने गरी सम्मानित भक्तपुर जिल्ला अदालतको मिति २०८२।०२।१६ गते आदेश भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित भक्तपुर जिल्ला अदालत पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: कोपिला खाती
उमेर: २९ बर्ष
ठेगाना: जिल्ला गुल्मी मुसिकोट न.पा. वडा नं.१
घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा न. ६ सुदर्शन हाइट बस्ने
बिगो: रु. १,३०,००,०००/-(एक करोड तिस लाख)
पक्राउ मिति: २०८२।०३।२३ गते
पक्राउ स्थान:
जिल्ला काठमाण्डौ टोखा न.पा. वडा न. ६ सुदर्शन हाइट