“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२३
- A
- A-
- A+
वादी सन्तोष खत्री प्रतिवादी रोलक भट्ट भएको चेक अनादर मुद्दामा (मु.नं.०८०-C४-०२६३) सम्मानित भक्तपुर जिल्ला अदालतको मिति २०८१।०१।१८ गतेको फैसला बमोजिम प्रतिवादीबाट भराई पाउने ठहरेको बिगो रकम बापतको २ (दुई) बर्ष कैद हुने गरी सम्मानित भक्तपुर जिल्ला अदालतको मिति २०८१।१०।०४ गते आदेश भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित भक्तपुर जिल्ला अदालत पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: रोलक भट्ट
उमेर: ४० बर्ष
ठेगाना: जिल्ला गोरखा सहिद लखन गा.पा. वडा नं.१
घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा न. ६ सुदर्शन हाइट बस्ने
सजाय: बिगो वापत २ बर्ष कैद,
बिगो: रु. १,८६,००,०००/-(एक करोड छयासी लाख)
पक्राउ मिति: २०८२।०३।२३ गते
पक्राउ स्थान: जिल्ला काठमाण्डौ टोखा न.पा. वडा न. ६ सुदर्शन हाइट
अनुसन्धानको क्रममा खुल्न आएका
तथ्यहरू:
Ø प्रतिवादी रोलक भट्ट जिल्ला
प्रहरी परिसर, काठमाण्डौमा मिति २०७९।०८।२९ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा
फरार ।
Ø प्रतिवादी रोलक भट्टले आफ्नो नाम, थर वतन ढाँटी बिभिन्न व्यक्तिहरुको नामको नागरिकतामा आफ्नो फोटो टाँसी जिल्ला प्रशासन कार्यालय गोरखाबाट ना.प्र.नं.४४१०१४/६०१ मिति २०७९।०८।२५ गते रोलक भट्टको नामबाट प्रथम प्रतिलिपि, जिल्ला प्रशासन कार्यालय गोरखाबाट ना.प्र.नं.७६३५० मिति २०५८।०१।२९ गते राजन अधिकारीको नामबाट दोस्रो प्रतिलिपि, जिल्ला प्रशासन कार्यालय गोरखाबाट ना.प्र.नं.७७२४० मिति २०५७।०२।०१ गते नारायण अधिकारीको नामबाट प्रथम प्रतिलिपि, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट ना.प्र.नं.४०१०४०/१४४४ मिति २०६६।१२।३१ गते नारायण प्रसाद अधिकारीको नामबाट प्रथम प्रतिलिपि नागरिकता लिएको खुल्न आएको हुँदा सो उपर समेत अनुसन्धान भइरहेको