"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरु पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-२५
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर
:- सजु श्रेष्ठ
उमेर :- ४३ वर्ष
स्थायी वतन :- जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं.०८
।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.१६ ।
देश :- सर्विया
विगो रकम
:- रु. २०,००,०००।-(बिस लाख)
पक्राउ मिति :- २०८२/०३/२४ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६
।
पीडित संख्या :- ३ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
२. नाम थर :- नारायण
लाम्ताङ्गे
उमेर :- ३० वर्ष
स्थायी वतन :- जिल्ला पाल्पा
रैनादेवी छहरा गा.पा. वडा नं.०६ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.२६ ।
देश :- ग्रीस
विगो रकम :- रु.१६,५०,०००।-(सोह्र लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०३/२४ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ ।
पीडित संख्या :-
१ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।