"वैदेशिक रोजगारीको लागि अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-२७
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अल्बानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर
:- बिमला दनुवार
उमेर :- ३५ वर्ष
स्थायी वतन :- जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं.०९
।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.०७ ।
देश :- अल्बानिया
विगो रकम
:- रु. ८,००,०००।-(आठ लाख)
पक्राउ मिति :- २०८२/०३/२६ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७
।
पीडित संख्या :- ४ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
२. नाम थर :- राम
कुमारी रोक्का मगर
उमेर :- ४८ वर्ष
स्थायी वतन :- जिल्ला कास्की
पोखरा म.न.पा. वडा नं.२६ ।
हाल :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा.
वडा नं.०१ ।
देश :- अल्बानिया
विगो रकम :- रु.२,००,०००।-(दुई लाख)
पक्राउ मिति :- २०८२/०३/२६ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०१
।
पीडित संख्या :-
२ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।