“डलर साटीदिन्छु भनि ठगी गर्ने मानिसहरु पक्राउ”
२०८२-०३-२७
- A
- A-
- A+
पीडितलाई ९७६२६३४८६१ नम्बरको मोवाईलबाट सम्पर्क गरी आफुसंग ६ हजार अमेरिकन डलर छ, तपाई ७ लाख नेपाली रकम दिनु भनी विभिन्न परिपन्च गरी मिति २०८२/०३/२२ गते जिल्ला भक्तपुर चागुँनारायण न.पा.वडा नं. ४ हलछाप स्थित एकान्त जंगलमा लगी समुहमा रहेका ५/६ जना व्यक्तिहरुले एक्कासी पीडितको मुख थुनी नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको आईफोन मोबाईल र नगद रु.७,००,०००।- (सात लाख) जबरजस्ती खोसी फरार भएको घटनामा संलग्न रहेका निम्न व्यक्तिहरुलाई यस कार्यालय मातहत काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको टोलीले मिति २०८२।०३।२६ गते भक्तपुर जिल्लाको बिभिन्न स्थानबाट घटनामा प्रयोग भएको मोटरसाइकल लगायतका निम्न दसीहरू सहित पक्राउ गरी निजहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको ।
पक्राउ व्यक्तिहरूको विवरण:-
१.
जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३
धार्पा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ बोडे बस्ने बर्ष २८
को पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन ।
२.
जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३
धार्पा घर भई हाल जिल्ला भक्तपुर
चाँगुनारायण न.पा. वडा नं. १ बोडे बस्ने बर्ष २५ को प्रकाश तामाङ भन्ने सुर्य
बहादुर पाइन ।
३.
जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.
वडा नं. ३ धार्पा घर भई हाल जिल्ला
भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ बोडे बस्ने बर्ष ३६ को सागर भन्ने सन्तबिर
पाइन ।
४. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३ धार्पा घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १६ धापाखेल बस्ने बर्ष ३५ को बिष्णु कुमार रुम्बा ।
बरामद सामान:-
बा ७६ प ५९३१ नम्बरको स्कुटर
।
बागमति प्रदेश ०२-०५३ प २७८० नं. पल्सर मोटरसाईकल ।
रु.
७,२०००।- रकम उल्लेख भएको चेक थान १
।
नेपाली रू.६४,०४०।- (चौँसठ्ठी हजार
चालिस रुपैया) ।
रकम जम्मा गरेको ग्लोवल आई.एम.ई
वैकको रसिद थान १
विभिन्न कम्पनीका मोबाइलहरू थान-१० ।